गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा हिजाे पनि सुन ताेलामा ५ हजार ६०० रुपैयाँले बढेकाे थियाे ।
सुन हिजाे ताेलाकाे ३ लाख २० हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको बढेसंगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर तोलाको ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।




