गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे ३ लाख १४ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको बढेसंगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा २४५ रुपैयाँले बढेर तोलाको ५ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाको ५ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।



