गाेरखा । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार विनिमय दर अनुसार अमेरिकी डलर १ काे खरिददर १४५ रुपैयाँ १२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४ पैसा, क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७१ रुपैयाँ ४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



