गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ स्थिर रहेकाे छ । तर चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा घटबढ नभएपछी बिहीबारकै तुलनामा ताेलाकाे ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन बुधबार ताेलाकाे ३ लाख ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ स्थिर रहेता पनि आज चाँदीकाे भाउ भने सामान्य रुपमा घटेकाे छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।




