गाेरखा । नेपाली बजारमा आज पनि सुनकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा १ हजार ५०० रुपैयाँले घटेर ताेलाकाे ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख १ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटेसंगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलाको ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।




