गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलाको ३ हजार रुपैयाँले घटेर ताेलाकाे ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ५ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेर तोलाको ४ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।




