गाेरखा । साताकाे पहिलाे दिन आज आइतबार नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलाको २ हजार ३०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे ३ लाख ३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढेपनी चाँदीकाे भाउ भने घटेकाे छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको ४ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाको ५ हजार रुपैयाँमा कारोबार भएको थियो ।





















