गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलाको ३ हजार रुपैयाँले घटेर ताेलाकाे ३ लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ३४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।





















