गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन तोलाको १ हजार १०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ५ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ संगै चाँदीको भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर तोलाको ५ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।




