गाेरखा । साताका दाेस्राे दिन आज साेमबार पनि नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन तोलाको ४ हजार १०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढेसंगै चाँदीको भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा २४० रुपैयाँले बढेर तोलाको ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।




