गाेरखा । साताका पहिलाे दिन आज आइतबार नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन तोलाको ९ हजार ५०० रुपैयाँले बढेर ताेलाकाे ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे शुक्रबार सुन ताेलाकाे २ लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ बढेसंगै चाँदीको भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ३०० रुपैयाँले बढेर तोलाको ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।





















