गाेरखा । आज नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
शुक्रबार तोलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९५ हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटेसंगै चाँदीको भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा २७० रुपैयाँले घटेर तोलाको ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।




