गोरखा । नेपाली बजारमा आज पनि सुनकाे भाउ घटेकाे घटेको छ ।
सुन आज तोलामा १३ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटे संगै चाँदीको भाउ पनि घटेकाे छ । चाँदी तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।




