गोरखा । नेपाली बजारमा आज सुन एकै दिनमा ताेलामा १८ हजार ८०० रुपैयाँले घटेको छ ।
सुन आज तोलामा १८ हजार ८०० रुपैयाँले घटेर तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे शुक्रबार पनि ताेलामा २० हजार ५०० रुपैयाँले घटेर ३ लाख १८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको भाउ घटे संगै चाँदीको भाउ पनि घटेकाे छ । चाँदी तोलामा १ हजार ५६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
गएकाे हप्ताकाे शुक्रबार चाँदी ताेलामा ४४० रुपैयाँले घटेर तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुन र चाँदी माघ १५ गते सबैभन्दा उच्च भाउमा बिक्री भएकाे थियाे । उक्त दिन सुन ताेलाकाे ३ लाख ३९ हजार ३०० र चाँदी ताेलाकाे ७ हजार ५०५ रुपैयामा बिक्री भएकाे थियाे ।





















