फाईल तस्बिर
गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट गाेरखाकाे क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङलाई सुरक्षा चुनाैती भएको भन्दै पार्टीले सुरक्षा मागेकाे छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ काे विभिन्न स्थानमा चुनावी मैदानमा प्रचार प्रशारमा रहेकाे बेला पार्टीले उनकाे सुरक्षा माग गरेकाे हाे ।
गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको सचिव मिलन रानाले बताए ।
‘हामीलाई केही गाेप्य सूचना आएकाे छ । जसले गर्दा हाम्रा उम्मेदवार सुधन गुरुङलाई सुरक्षा थ्रेट छ, उनले भने ’ त्यसैले सुरक्षाा ब्यवस्था गरीदिन हामीले प्रशासनलाई भनेका हाै ।’
‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला समिति सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।



