गोरखा । नेपाली बजारमा आज सुन एकै दिनमा ताेलामा ९ हजार ५०० बढेको छ ।
सुन आज तोलामा ९ हजार ५०० रुपैयाँले बढेर तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे संगै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ४३० रुपैयाँले बढेर तोलाको ७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको ६ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।




