गोरखा । केही दिन यतादेखी नेपाली बजारमा सुन र चाँदीको भाउले ऐतिहासिक रेकर्ड राख्दै आएको छ । आज पनी सुन र चाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
सुन आज एकै दिनमा तोलामा ५ हजार २०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन हिजो तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे संगै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २८५ रुपैयाँले बढेर तोलाको ६ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजो तोलाको ६ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।





















