गोरखा । हिजो सम्पन्न राष्ट्रिय सभा सदस्यहरुको निर्वाचनमा गोरखाकी सम्झना देवकोटा विजयी भएकी छिन् ।
गण्डकी प्रदेशबाट उम्मेदवारी दिएकी देवकोटा गोरखा सदरमुकामकी हुन् । देवकोटाले ५ हजार १४ मतभार पाएर विजयी भएको निर्वाचन आयोग पोखराले जनाएको हो ।
देवकोटा नेपाली काँग्रेसको गठबन्धनबाट विजयी हुन सफल भएकी हुन् । उनी नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवार भएकी थिइन ।
देवकोटा यस अघि पनि गोरखा नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिदा हार ब्यहोरेकी अहिलेको जितले भने उनले न्याय पाएको गोरर्खालीहरु बिच चर्चाको बिषय बनेको छ ।



