गोरखा । नेपाली बजारमा सुन र चाँदीको भाउ अहिलेसम्मकै महंगो भएको छ ।
सुन आज एकै दिनमा तोलामा २ हजार ४०० रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुन गएको हप्ताको शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ बढे संगै चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २९० रुपैयाँले बढेर तोलाको ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी गएको हप्ताको शुक्रबार तोलाको ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा सुन र चाँदीको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।




