गोरखा । आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि गोरखाको क्षेत्र नम्बर १ र २ मा उम्मेदवादी दर्ता गराएकाहरुलाई चुनाब चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार नाम फिर्ता लिने बाहेकका सबै दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
गोरखा क्षेत्र नम्बर १ मा परेको १३ जनाको उम्मेदवारीमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका गोपालबावु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसंगै बाँकी रहेको १२ जनालाई कार्यालयले चुनाब चिन्ह प्रदान गरेको हो ।
कस–कसले कुन कुन चिन्ह पायो त ?
१) नेशनल रिपब्लिक नेपाल पार्टी
गोरखा नगरपालिका –६ दरर्बार मार्ग निवासी आकाश राना मगरलाई उडिरहेको माहुरी
२) स्वतन्त्र
गोरखा नगरपालिका–१ निवासी कबिता भट्टराईलाई कप र प्लेट
३) राष्ट्रिय प्रजातन्त्र पार्टी
भिमसेन थापा गाउँपालिका–३ कमलटार निवासी केदारमणी खनाललाई हलो
४) संयुक्त नागरिक पार्टी
बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक निवासी जितबहादुर घलेलाई गितार
५) मंगोल नेशनल अर्गनाइजेसन
शहिद लखन गाउँपालिका–६ ज्यामिरस्वाँरा निवासी देवबहादुर थापालाई कुखुराको भाले
६) नेपाली काँग्रेस
आरुघाट गाउँपालिका–८ आरुपोखरी निवासी प्रेम कुमार खत्रीलाई रुख
७) नेपाल मदजुर किसान पार्टी
गोरखा नगरपालिका–६ चण्डेनी निवासी मनु कुमारी श्रेष्ठलाई मादल
८) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सबादी लेनिनबादी)
आरुघाछ गाउँपालिका–१० मंगलबाट निवासी राम चन्द्र लामिछानेलाई सुर्य
९) उज्यालो नेपाल पार्टी
ललितपुर महानगरपालिका–१४ नखिपोट निवासी रामकाजी राना मगरलाई बलिरहेको बिजुलीको चिम
१०) नेपाल कम्युनिष्ट पार्टी (माओबादी)
गण्डकी गाउँपालिका–७ चुर्लिङ निवासी विण्णु प्रसाद रिजाललाई गोलो घेराभित्र दुई पात भएको गुलाफको फुल
११) राष्ट्रिय स्वतन्त्र पार्टी
चुमनुब्री गाउँपालिका–३ सिर्दीबास निवासी सुधन गुरुङलाई घण्टी
१२) नेपाली कम्युनिष्ट पार्टी
गण्डकी गाउँपालिका–५ निवासी हरि राज अधिकारीलाई पाँचकुने तारा


