गोरखा । आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि गोरखाको क्षेत्र नम्बर १ र २ मा उम्मेदवादी दर्ता गराएकाहरुलाई चुनाब चिन्ह प्रदान गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नाम फिर्ता लिने बाहेकका सबै दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।
गोरखा क्षेत्र नम्बर २ मा परेको १४ जनाको उम्मेदवारीमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका डा.बावुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएसंगै बाँकी रहेको १३ जनालाई कार्यालयले चुनाब चिन्ह प्रदान गरेको हो ।
कस–कसले कुन कुन चिन्ह पायो त ?
१) आम जनता पार्टी
पालुङटार नगरपालिका–७ मझुवा निवासी कल्पना कुमाललाई मोबाइल
२) राष्ट्रिय स्वतन्त्र पार्टी
पालुङटार नगरपालिका–९ पिपल्टारी निवासी कबिन्द्र बुलाएकोटीलाई घण्टी
३) राष्ट्रिय प्रजातन्त्र पार्टी
सिरानचोक गाउँपालिका–६ नयाँसाँघु निवासी कुल बहादुर बस्नेतलाई हलो
४) स्वतन्त्र
सिरानचोक गाउँपालिका–२ झिम्रेक निवासी चुडा प्रसाद ढकालाई सारङगी
५) नेपाल कम्युनिष्ट पार्टी (माओबादी)
अजिरकोट–३ निवासी टेक बहादुर प्रधानलाई गोलो घेराभित्र दुई पात भएको गुलाफको फुल
६) नेपाली काँग्रेस
अजिरकोट गाउँपालिका–४ झ्याँवा निवासी प्रकाश चन्द्र दवाडीलाई रुख
७) नेशनल रिपब्लिक नेपाल
बारपाक सलिकोट गाउँपालिका–४ रन्चोक निवासी प्रसाद गुरुङलाई उडिरहेको माहुरी
८) उज्यालो नेपाल पार्टी
पालुङटार नगरपालिका–६ भोर्ले निवासी बलराम तामाङलाई बलिरहेको बिजुलीको चिम
९) नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सबादी लेनिनबादी)
सिरानचोक गाउँपालिका–५ चित्रेपोखरी निवासी मिलन गुरुङलाई सुर्य
१०) नेपाल मदजुर किसान पार्टी
गोरखा नगरपालिका–९ भण्डारी गाउँ निवासी राम शरण बुढाथोकीलाई मादल
११) नेपाली कम्युनिष्ट पार्टी
सिरानचोक गाउँपालिका–३ निवासी लेख नाथ न्यौपानेलाई पाँचकुने तारा
१२) मंगोल नेशनल अर्गनाइजेसन
अजिर गाउँपालिका–४ हरेनघरेडी निवासी सोम बहादुर गुरुङलाई कुखुराको भाले
१३) स्वतन्त्र
अजिरकोट गाउँपालिका–५ निवासी हरि पोखरेललाई मुसो




















