गोरखा । फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनकोलागी नेपाली कम्युनिष्ट पार्टी गोरखाबाट हरीराज अधिकारी र लेखनाथ न्यौपाने उम्मेदवार तय भएका छन् ।
पार्टीले गोरखाबाट सिफारीस गरेका मध्य गोरखा क्षेत्र नम्बर १ मा हरीराज अधिकारीर क्षेत्र नम्बर २ मा लेखनाथ न्यौपानेलाई उठने गरी पार्टीको केन्द्रिय कार्य समितिले निर्णय गरेको हो ।
लामो समयसम्म पार्टी राजनीतिमा होमिएका अधिकारीले ०७४ मा भएको निर्वाचनमा बिजयी भएर प्रतिनिधी सभा सदस्य भएका थिए ।
यता क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन लागेका न्यौपाने भने पहिलो पटक संसदीय निर्वाचनमा भाग लिन लागेका हुन् ।


