गाेरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा–२ बाट निर्वाचन लड्ने भएका छन् ।
हिजाे गोरखाका अगुवा नेताहरूसँगको छलफलपछि भट्टराई गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बन्न सहमत भएको जिल्ला इन्चार्ज यानप्रसाद भट्ट (सरोज) ले जानकारी दिए ।
आइतबार बसेको प्रलोपाको बैठकले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ । तर, गोरखा–२ मा चुनावी तालमेल हुने या नहुने भन्नेबारे निश्चित भइनसकेको उनले बताए ।
यस अघी साेही निर्वाचन क्षेत्रमा डा. भट्टराईले प्रचण्डलाई साथ दिएका थिए । उनी याे पटक पश्चिम तिर लागेका छन् ।
गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेकाे तर्फबाट चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।



