गोरखा । जेनजी अगुवाको नामले चिनिएका सुदन गुरुङले गोरखाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् ।
हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने घोषणा गरेका हुन् ।
गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने गुरुङले सामाजिक सञ्जाल फेसवुकमार्फत औपचारिक घोषणा गरेको हो ।
आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने भन्दै उहाँले गोरखाबाट चुनाव लड्ने घोषणा गरेकाे बताए । ‘‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल निर्माणका लागि गोरखाबाट चुनाव लड्न लागेको संकेत उनले सामाजिक सञ्जालमार्फत गरेको हो ।



