गोरखा । नेपाली काँग्रेस गोरखाले आफ्ना महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिलाई आइतबारबाट हुन लागेको बिशेष महाधिवेशनमा सक्रियता पूर्वक सहभागिता जनाउने भनेको छ ।
पार्टीले एक सूचना जारी गर्दै दोस्रो विशेष महाधिवेशनमा सक्रियता पूर्वक भाग लिन भनेको हो ।
जारी बिज्ञप्तीमा ‘नेपाली काँग्रेस इतिहासको अत्यन्तै संगिन मोडमा रहेको यस घडिमा दोस्रो विशेष महाधिवेशन मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेकुरा सर्व विदितै छ । पार्टीको बैचारिक स्पष्टता, संगठनात्मक एकता, पार्टीको आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनैतिक चुनौतिको बिषयमा महत्वपूर्ण निर्णय लिन यस विशेष अवसरमा गोरखा जिल्लाबाट निर्वाचित सम्पूर्ण महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु र पार्टीका सबै तहका साथीहरुलाई उक्त दिन गरिमामय उपस्थितिको लागि अनुरोध गर्दर्छाै’ भनिएको छ ।
‘हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली काँग्रेस थप बलियो, विश्वासिलो र जनमुखी बनाउन सकिने छ । लोकतान्त्रको रक्षा र पार्टीको सुदृढ भविशयको लागि तपाईहरुको सक्रिय सहभागिताको लागि आब्हान गर्दछौ’ बिज्ञप्तीमा भनिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश साँसद नन्दप्रसाद न्यौपाने, प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ का सभापति नारायणप्रसाद लामिछाने तथा क्षेत्र नम्बर २ का सभापति गोविन्द गुरुङ तथा प्रदेश क्षेत्रीय समापतिहरु ठाकुरप्रसाद भट्ट, दीर्घमान गुरुङ, दिनेश खनखवास र खुनप्रसाद रेग्मीले समेत महासमिति सदस्यत तथा महाधिवेशन प्रतिनिधि तथा काँग्रेस सर्मथित सबैलाई उपस्थित हुन आग्रह गरेका छन् ।
उता १० वटा नगर तथा गाउँपालिका सभापतिहरुले विमल ढकाल, सन्तबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, राजु गुरुङ, जीतबहादुर घले, काशीनाथ अंगाई, नारायणप्रसाद भट्टराई, होमबहादुर राना, जंगबहादुर गुरुङ र सुर्यबहादुर गुरुङले समेतले विशेष महाधिवेशनमा सबैले सक्रियता पूर्वक सहभागिता जनाईदिन भनेको छ ।




