गाेरखा । नेकपा एमालेले गण्डकी प्रदेशबाट महिला क्लष्टर निश्चित गरेकाे छ । एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
उनी २०८० मा भएको उपनिर्वाचनमा पनि उम्मेदवार थिइन् । तत्कालीन समयमा कांग्रेस र माओवादीबिच गठबन्धनका कारण उनी पराजित भइन् भने पर्वतकी मनरुपा शर्मा विजयी भएकी थिइन् ।
२०७९ मा भएको स्थानीय निर्वाचनमा उनी गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी हुन् । २०७४ को निर्वाचनमा चाहिँ गोरखाकै उपमेयरमा उनी पराजित भइन् ।
एमालेले महिला क्लष्टर पाएसँगै यहाँ कांग्रेसले पुरुष खुल्लामा उम्मेदवार उठाउनेछ । कांग्रेसले केहीबेरमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।




















