गोरखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाले फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उमेद्वारीका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कमिटीको आज बसेको बैठक गोरखाको दुईवटै निर्वाचन क्षेत्रका प्रस्तावित उमेद्वार नाम प्रदेश कमिटीमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव काजीराम रोकाले जानकारी दिए ।
एमाले गोरखा क्षेत्र नं. १ बाट २ जना र क्षेत्र नं. २ बाट ३ जनाको नाम सिफारिस गरेको उनले बताए । एमाले प्रतिनिधिसभा गोरखा क्षेत्र नं. १ बाट आरसी लामिछाने र लिला न्यौपानेको नाम सिफारिस गरेको सचिव रोकाले बताए ।
त्यस्तै प्रतिनिधिसभा गोरखा क्षेत्र नं. २ का लागि एमालेले ३ जना नेताको नाम सिफारिस गरेको छ । सो क्षेत्रमा मिलन गुरुङ (चक्रे मिलन), बाबुराम थापा र शशिकला पोखरेलको नाम सिफारिस गरिएको उनको जानकारी दिए ।
त्यस्तै पार्टीका पूर्वजिल्ला कमिटी सचिव बाबुराम थापा र महिला नेतृ शशिकला पोखरेललाई पनि सोही क्षेत्रबाट उमेद्वारको रुपमा सिफारिस गरेको उनले जानकारी दिए । बैठकले दुुवै क्षेत्रमा समानुपातिक, जातीय, भौगोलिक लैङ्गिक सन्तुलन कायम उमेद्वारको सिफारिस गरेको सचिव रोकाले जानकारी दिए ।




















