×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको आरुघाट क्षेत्रमा रहेकाे खाेलानालामा करेन्ट र विष प्रयोग गरी माछा मार्न प्रतिबन्ध

  •  गोरखा समाचार
  • बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Kholama_Machamarna_Nised_NEWS.wav

     

    गाेरखा । गोरखाको आरुघाट गाउँपालिकाले आफ्ना सीमा भित्रका नदी, खोल्सा, ताल र अन्य जलाशयहरूमा विद्युतीय करेन्ट र विषादी प्रयोग गरी माछा मार्न पूर्ण रुपमा निषेध गरेको छ ।

    गाउँ कार्यपालिकाको कार्यालयले मंगलबार सूचनामार्फत यस्ता अवैध क्रियाकलापमा संलग्न हुने व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।

    गाउँपालिकाभित्र हालका दिनमा केही व्यक्तिहरूले लुकीछिपी विद्युतीय करेन्ट, प्रतिबन्धित विष तथा विषादी प्रयोग गरी माछा मार्ने गरेको गुनासो बढेपछि यस्ता गैह्रकानुनी कार्य रोक्न गाउँपालिकाले सूचनामार्फत सचेत गराएको हो ।

    प्रशासकीय अधिकृत विवेक खनालले जारी गरेको सूचनामा “यस्ता घातक विधि प्रयोगले जलचर विनाश हुनुका साथै वातावरणीय सन्तुलनमा गम्भीर असर पर्ने र मानव स्वास्थ्यसमेत जोखिममा पर्ने” उल्लेख गरिएको छ ।

    गाउँपालिकाले व्याट्री, इन्भर्टर वा अन्य विद्युतीय उपकरण प्रयोग गरी नदी, खोल्सा वा जलाशयमा करेन्ट प्रवाह गरेर माछा मार्न पूर्ण रूपमा निषेध गरेको छ ।

    नदी तथा खोलामा माछा मार्दा रासायनिक विष वा जडीबुटीजन्य घातक तत्वहरु पानीमा हाल्न नपाइने पनि गाउँपालिकलो प्रष्ट पारेको छ ।

    यसबाहेक महाजाल वा साना प्वाल भएका जाल प्रयोग गरी साना भुरा माछासमेत सखाप पार्ने प्रवृत्ति रोक्न प्रविधिको यस्ता दुरुपयोगमा पनि प्रतिबन्ध लगाइएको छ ।

    गाउँपालिकाले यसलाई जलचर संरक्षणसँगै दीगो जलस्रोत व्यवस्थापनको दृष्टिले महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ । “सूचनाको उल्लंघन भएको खण्डमा प्रचलित कानुनअनुसार जरिवाना तथा थप कानुनी कारबाही गरिनेछ,” सूचनामा उल्लेख छ ।

    यसका लागि अवैध माछा मार्ने गतिविधि देखे वा थाहा पाए जवाफदेही नागरिकका रूपमा नजिकको प्रहरी चौकी वा गाउँपालिकाको कार्यालयमा खबर गर्न पनि गाउँपालिकाले सर्वसाधारणलाई आग्रह गरेको छ ।

    आरुघाट गाउँपालिकाले सबै गाउँपालिकावासीलाई वातावरण संरक्षणमा सहयोग पुर्‍याउन, जलस्रोत र जलचरको दीगो संरक्षणलाई सामूहिक जिम्मेवारीका रूपमा लिन र अवैध माछा मार्ने क्रियाकलाप विरुद्ध एकजुट हुन अपिल गरेको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, पुष १७, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.