गोरखा । गोरखा जेसिज गोरखाका अध्यक्ष सुमन गुरुङ सम्मानित भएका छन् ।
उनलाई नेपाल जेसिजको धनुषाको जनकपुरमा भएको ५२ औं राष्ट्रिय महाधिवेशनमा सम्मान गरिएको हो ।
अध्यक्ष गुरुङलाई नेपाल जेसिजको बिकास र संवर्द्धनमा योगदान पुर्याएको भन्दै महाधिवेशनमा सम्मानित गरिएको थियो ।
गुरुङलाई नेपाल जेसिज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले खादा र सम्मानपत्र दिएर कार्यक्रममा सम्मानित गरेको हो ।
सम्मानपत्रमा ‘जेसिआई नेपाल बिकास तथा सुदृढीकरणमा तपाईले पुर्यालउनु भएको उदार योगदान, नेतृत्व र समर्पणप्रति हामी उच्च सम्मान र प्रशंसा ब्यक्त गर्दछौ’ भनिएको छ ।
यस अघि ब्यास नगरको आयोजनामा दमौलीमा भएको क्षेत्र ख सम्मेलनमा गोरखा जेसिज सम्मानित भएको थियो ।
२०२५–०२६ का गोरखा अध्यक्ष गुरुङको नेतृत्वमा जिल्लाको विभिन्न स्थानमा जेसिजले सामाजिक काम गरेको थियो ।




