गाेरखा । राष्ट्रिय स्वतन्त्र पार्टीले संघीय नेतृत्व मञ्ज (लिडरसिप फोरम) मा आज १७ जना नेतालाई मनोनित गरेको छ ।
शुक्रबार बिहान बसेको सचिवालयको आकस्मिक बैठकले गाेरखाका नवराज थापा सहित १७ नेतालाई मनोनित गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।
थापा सगै ललितपुरका समीक्षा बास्कोटा, सुनसरीका प्रकाशचन्द्र परियार र सुदन श्रेष्ठ, चितवनका बिमला अधिकारी, काठमाडाैका रन्जु दर्शना, धनेज थापा र अजित खड्का,, कास्कीका पवित्रा थापा, नुवाकाेटका बिमल तामाङ र दामोदर नेपाल, ललितपुरका समुन्द्र केसी, चितवनका आशुतोष प्रधान, भक्तपुरका सुरज प्रधान, बाराबाट रुस्तम अन्सारी र डा. सुशील शाह तथा रुपन्देहीबाट शीतल भुसाललाई मनाेनित गरिएकाे उनले जानकारी दिए ।



