गाेरखा । नेकपा एमालेको ११ औं महाधिवेशनमा गोरखाबाट उम्मेवारी दिएका ४ जना मध्य २ जना विजयी भएका छन् । विजयी हुनेमा रामशरण बस्नेत र आरसी लामिछाने हुन् । अन्य २ जना प्रेम गुरूङ र अब्दुस मियाँले भने हारेका छन् ।
केन्द्रीय सदस्य विजयी भएका बस्नेतले १ हजार ४१९ मत ल्याएर थिए । बस्नेतले गण्डकी प्रदेश खुलातर्फ उम्मेदवारी दिएका थिए । उनी अध्यक्ष केपी शर्मा ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेदवारी दिएका थिए ।
गाेरखा नगरपालिका-३ नारेश्वर घर भएका बस्नेत गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री पनि हुन् । उनी पहिले पनि एमाले केन्द्रीय सदस्य थिए ।
केन्द्रीय सदस्य पदमा निर्वाचित भएका आरसी लामिछानेले १ हजार ८४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनले भूगोल सम्पर्क समन्वय खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
एमाले केन्द्रीय सदस्यमा पराजित भएका प्रेम गुरूङ गण्डकी प्रदेश भूगोलतर्फबाट उम्मेदवारी दिएका थिए । उनले जम्मा ७९१ मत ल्याएका थिए । उनी एमाले गोरखाका पूर्वअध्यक्ष हुन् । उनी ईश्वर पोखरेल प्यानलबाट केन्द्रीय सदस्य लडेका थिए ।
एमाले केन्द्रीय सदस्यमा नै हारेका गोरखाका अब्दुस मियाँ केन्द्रीय सदस्य समावेशी मुस्लिम खुलातर्फ उम्मेदवारी दिएका थिए । मियाँले जम्मा ६७० मत ल्याएर पराजित भएका हुन् । केन्द्रीय सदस्य समावेशी मुस्लिम खुलातर्फ ४ जना निर्वाचित हुने व्यवस्था भएकाेमा १० जना उम्मदेवारहरुले उम्मेदवारी दिएका थिए।


