×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा सदरमुकामको एक स्कुले विद्यार्थीहरुले खाजाकोलागी गरे तरकारी खेती

  •  गोरखा समाचार
  • सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Rastrya_MaBi_NEWS.wav

     

    गोरखा । गोरखा सदरमुकाममा रहेको राष्ट्रिय माविका बिद्यार्थीहरुले खाजा खानकालागी तरकारी खेती सुरु गरेका छन् ।

    स्कुलमा खाइने दिवा खाजाकोलागी बिद्यार्थी र शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारीहरु मिलेर तरकारी खेती गरिएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रविन बस्नेतले बताए ।

    ‘बिद्यालयमा अध्ययनरत सबै बिद्यार्थीहरुलाई खाजाको ब्यवस्था गरेका छौ’ उनले भने ‘सोही खाजाकोलागी सहयोग पुग्ने गरी सबैले तरकारी खेती सुरु गरेका हौ ।’

    गोरखा नगरपालिका–३ को घलाङमा रहेको उक्त बिद्यालयमा १०० जना बिद्यार्थीहरु अध्ययनरत छन् । गोरखा नगरपालिका र एक गैर सरकारी संस्थाले ईसिडीदेखी कक्षा ५ सम्मका बिद्यार्थीहरुकोलागी मात्र भएता पनि सबै बिद्यार्थीहरुलाई समान रुपमा खाजा खुवाउने गरेको बिद्यालयका प्रधानाध्यापक माधव तिवारीले बताए ।

    ‘बिद्यार्थीहरुको खाजाकोलागी हामीलाई प्राप्त हुने पैसाले सबैलाई दिवा खाजाको ब्यबस्था गरेका छौ’ उनले भने ‘सबैलाई खुवाउदा पैसा नपुग्ने भएपछी हामी सबै मिलेर तरकारी खेती गरेका हौ ।’

    तरकारी खेतीमा कक्षा ४ देखी १० सम्मका बिद्यार्थी, स्कुलका सबै शिक्षक र ब्यवस्थापन समितिका पदाधिकारीहरु समावेश छन् ।

    गत बर्षदेखी सुरु गरिएको तरकारी खेतीलाई यो वर्ष पनि निरन्तरता दिएको प्रअ तिवारीले जानकारी दिए । उनका अनुसार यो बर्ष ४ रोपनी क्षेत्रफलमा कार्डेनल जातको निलो आलु र स्थानिय सेता आलुको खेती गरिसकिएको छ ।

    अबको केही दिनमा काउली, बन्दा, मुला र च्याउ खेतीको तयारी भइरहेको पनि उनले बताए । ‘च्याउ खेती गत बर्ष पनि गरेका थियौ’ उनले भने ‘यो बर्ष अझै बढी च्याउ खेती गर्ने गरी तयारी गरेका छौ ।’

    बिद्यालयकै कक्षा कोठा प्रयोग गरेर च्याउ खेती गरिन लागेको हो । च्याउ खेतीकालागी बिद्यालयले पराल खरिद गरेर राखिसकेको छ ।

    सोही बिद्यालयले गत बर्ष करिब ५२ हजार मूल्य बरावरको च्याउ उत्पादन गरेर बिक्री गरेको विद्यालयको लेखा शाखाले जानकारी दिएको छ ।

     

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, मङि्सर २९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.