×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ५ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

स्वास्थ्यमा ध्वनि तरङ्गको प्रभाव

  •  गोरखा समाचार
  • आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Tilak_Pudel_Lekh.wav

     

    तिलक पाैडेल

    आज मेरो ६४ औँ जन्मदिन ! बिहानै उठेर उषापान गरी सूचीनिची गरेर शौचालयदेखि घर-आँगनको सघन सफाइ गरेँ । गाई र बाच्छालाई घाँस, पराल दिएँ । घनपूरो शयन योग गर्ने क्रममा सहधर्मिणी, छोरा-छोरी, बुहारी, ज्वाईंहरूबाट प्राप्त जन्मदिनको शुभकामना ग्रहण गर्दै सबैलाई शुभाशिष प्रदान गरेँ । आमाले पुन: तातोपानी खान दिनुभयो । भिजाएका बदाम र सातुको नास्ता गरेँ । केही क्षण पढेर स्नान गरी अष्टचिरञ्जीवी (अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम) को प्रार्थना गर्ने श्लोकहरूको पाठलाई प्रमुख स्थान दिई सनातनी प्रभातकालीन कर्महरू सम्पादन भए । मन्त्रहरू जप गर्दै गर्दा कतिपयको उच्चारणसँग शरीरमा एक किसिमको ‘भाइब’ उत्पन्न हुने र त्यसले वरिपरिको वातावरणमा पनि आफ्नो तरङ्गहरू फैलाउने महसुस भयो । हरेक अक्षर र शब्दहरूको उच्चारणबाट निस्किने ध्वनि तरङ्गहरू वा मननबाट उत्पन्न हुने आन्तरिक झङ्कारले यो वातावरणमा खुट्याउनै नसक्ने जालोको रूपमा रहेको व्यहोरा मनन भयो ।

    कुनै शब्द उच्चारण (स्वर निकाल्दा) वा मन्त्र जाप (मनन गर्दा) गर्दा शरीरमा पैदा हुने ध्वनि तरङ्गले सो व्यक्तिलाई प्रत्यक्ष प्रभाव पार्ने महसुस भयो । जब कुनै व्यक्तिलाई जरो आउने, कपाल दुख्ने जस्ता शारीरिक असामान्यताहरू देखिएमा उसको वरिपरिको ध्वनि तरङ्गले उसको शरीरमा अन्य रोग लगायत विसङ्गत तरङ्गहरू प्रवेश गर्न सक्ने अवस्था रहेको बुझ्नुपर्‍यो । अनि ध्वनि तरङ्गको कवच शरीर अनुकूल भएका कारण त्यस्ता प्रतिकूल बाह्य तरङ्ग प्रवेश गर्न नसके व्यक्तिलाई रोग लाग्ने भएन । तसर्थ कुनैपनि व्यक्तिमा सस्वर वा मौनताबाट सिर्जना गर्ने तरङ्गले सम्बन्धित व्यक्तिलाई स्वस्थ वा रोगी हुने व्यहोरा निर्धारण गरेको हुनुपर्दछ भन्ने लाग्यो ।

    हामीले ॐ कार उच्चारण गर्‍यौँ भने वरिपरिको वातावरणमा समेत सकारात्मक प्रभाव पर्न गई वातावरणलाई नै मनचिन्ते बनाउन सहयोग हुने रहेछ कि मन्दिरमा अथवा घरकै पूजा कोठा किन नहोस् त्यहाँ प्रवेश गर्दा आन्तरिक शान्ति महसुस गरिने गरिएको छ – अधिकांशले । आज अष्ट चिरञ्जीवीको श्लोक –
    अश्वत्थामा बलिर्व्यासो, हनुमाञ्च विभीषण,
    कृपा परशुरामश्च सप्तैते चिरजीविन ।
    सप्तैतान संस्मरे नित्यं मार्कण्डेय मथाष्ठम,
    जीवेतवर्षशतं सोपी सर्वव्याधिविवर्जित ।। अर्थात्
    अश्वत्थामा, राजा बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम यी सातै जना चिरञ्जीवी (दिर्घायु) मानिन्छन् । यी सात जना साथै अष्टौँ चिरञ्जीवी मार्कण्डेयलाई समेत दैनिक रूपमा स्मरण गर्ने मानिसले सय वर्षसम्म जीवन बिताउन पाउँछ र सबै रोगबाट मुक्त हुन्छ भन्ने श्लोक पाठ गर्दा कतै यसका ध्वनि तरङ्गले बाहिरबाट आक्रमण गर्न वा प्रवेश गर्न इच्छुक अन्य विपरीत भावका तरङ्गहरूलाई प्रवेश गर्ने मार्ग बन्द गरिदिँदो पो रहेछन् कि !? यो श्लोक पाठ गर्दै अष्ट चिरञ्जीवीको पूजा गर्‍यो भने आयु वृद्धि हुन्छ भनिन्छ अर्थात् कुनैपनि व्याधि/रोगहरू लाग्न सक्दैनन्।

    त्यस्तैगरी
    ॐ भूर्भुवः स्वः। तत्सवितुर्वरेण्यं।। भर्गो देवस्य धीमहि। धियो यो नः प्रचोदयात्॥ अर्थात् हामी त्यो पूजनीय, तेजस्वी, पाप-अज्ञान नाश गर्ने सूर्यस्वरूप परमेश्वरको दिव्य प्रकाशको ध्यान गर्छौँ । उनीले हाम्रो बुद्धि, विवेक र मनलाई सही मार्गमा लाग्न प्रेरित गराउन् ।

    मन्त्र जाप गर्दा शरीरको एकाग्रतालाई डिस्टर्ब गर्ने कुनै पनि प्रकृतिका तरङ्गहरू शरीरमा प्रवेश गर्न नसक्ने अवस्था हुने भएकोले बिहानमा जाप गर्दा यही मन्त्रको उच्चारण गर्न शास्त्रले निर्देश गरेको पाइन्छ ।

    हामीले जरो-खरो, मरी-मसान, डाइनी-बोक्सी जस्ता व्यहोराहरूको दुष्प्रभाव पनि तत्तत किसिमका प्रतिकूलताहरू सिर्जना गर्ने तरङ्गहरू हाम्रो शरीरमा सहज प्रवेश गर्नाले भएको हुनसक्छ । यसको वैज्ञानिक छानबिन यथासमयमा हुने नै छ । अहिले परिकल्पना स्वरूप यो धर्तीमा विभिन्न ध्वनि उत्पन्न गर्ने माध्यमबाट उत्पन्न भएका ध्वनि तरङ्गहरूको जालो अझै मिहिन र मसिनु छ; त्यसको साङ्गोपाङ्गो कुनै दिन लाग्ला नै । रपनि हरेक सन्दर्भसँग कुनै अक्षर होस् वा शब्द उच्चारण/मनन गर्दाको अवस्थाले सिर्जित ध्वनि तरङ्गले विपरीत भाव प्रवेश गराउने वा सकारात्मकता प्रसारण गर्ने भन्ने टुङ्गो हुने जस्तो लाग्यो । यस बारेमा हाम्रा अग्रजहरूले विश्लेषण गरी यो-यो सन्दर्भमा यी-यी मन्त्रोच्चारण गर्नु भनी अर्थ्याएका हुनसक्छन् । उच्चारित शब्दले उत्पन्न गर्ने ध्वनी तरङ्गको प्रभावलाई निम्न उदाहरणले स्पष्ट गर्नेछ ।

    उही नाता, उही व्यक्तिलाई आमा वा बाउकी जोइ भनी सम्बोधन गर्दा शब्द उच्चारणको हिसाबले माया र घृणा प्राप्त गर्न सकिन्छ। सायद बाउकी जोइ भनी सम्बोधन गर्दा तेरा बाउकी जोइ हुँ, पत्तालगाएर बोल भन्दै ढुङ्गा हान्न तम्सिने प्रकृतिको प्रतिक्रिया जनाउने महिलाबाट उत्पन्न क्रोधका ध्वनि तरङ्गहरू शब्दोच्चारण गर्नेको शरीरमा प्रवेश गर्ने र आक्रोश वृद्धि हुने गरेको हुन सक्छ । यसको उल्टो आमा शब्द उच्चारण गर्‍यो भने अर्को पक्षबाट घर कहाँ हो नि बाबु ? मेरै छोराको थान्कोका रहेछौ, झल्कै मेटियो जस्तो प्रतिक्रियाबाट उत्पन्न मायालु तरङ्गहरू शब्दोच्चारण गर्नेको शरीरमा प्रवेश गर्ने होला र माया बढ्दै जाने होला ।

    रोग/व्याधिहरूको सन्दर्भमा बाहिर उत्पन्न हुने ध्वनि वा अन्य तरङ्गहरू हाम्रो शरीरमा प्रवेश गर्ने बाटो हाम्रै क्रियाकलापबाट उत्पन्न ध्वनिहरूको जालोले निर्धारण गर्दो होला । परिणाम उही स्थान, वातावरण र समयमा कुनै रूघाखोकी लागेको व्यक्तिसँग सम्पर्कमा जाने व्यक्तिमध्ये सबैलाई समान प्रभाव नपर्ने गरेको हाम्रै अनुभव छ । यो मानेमा हाम्रा शरीरबाट उत्पन्न हुने तरङ्गहरूले हरेक प्रकारका तरङ्गहरू प्रवेशमा कवचको काम गर्ने महसुस भयो । राम्रा तरङ्ग उत्पन्न हुने कर्म गरेमा नराम्रा तरङ्ग रोक्न सुरक्षा कवचको रूपमा र नराम्रा तरङ्ग उत्पन्न हुने कर्म गरेमा राम्रा तरङ्ग प्रवेश गर्न रोक लगाउने कवचको रूपमा काम गर्ने गरेको हुनुपर्छ । एउटै शब्द वा मन्त्र जो कोहीले उच्चारण गर्दा एउटै किसिमको प्रभाव नपर्नुले पनि यो तथ्यलाई पुष्टि गर्दछ ।

    यसरी आज ६४औं जन्मदिवसको दिन ध्वनि तरङ्गको कवच बारेमा मस्तिष्कमा कुरा खेल्यो । परिणाम यो तर्क सार्वजनिक गरेँ । समय पुगेपछि यस सम्बन्धमा पनि अनुसन्धान आविष्कार हुने नै छन् भन्ने अपेक्षा गर्दछु या भैसकेको भए जानकारी पाउनेछु । जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले …उद्देश्य के लिनु उडी छुनु चन्द्र एक… भन्ने कवितांशले चन्द्र धरातल स्पर्श हुनु पहिले कविको मनमा व्यहोरा उब्जेको अड्कल गर्न सकिन्छ । त्यस्तै यो सारा धर्तीलाई हावा जस्तै तरङ्ग त्यसमा पनि ध्वनि तरङ्गको खातले ढाकेको स्पष्टै छ । जुन व्यक्ति नित्यकर्महरू सम्पादन गरी उपयुक्त मन्त्रहरू जप गर्दछन्, तिनीहरूको वरिपरिको ध्वनि तरङ्गले सायद विसङ्गत वा विपरीत तरङ्गहरूको प्रवेश निषेध गरेको हुनुपर्छ । त्यस्तै कुनै जप, ध्यान नगर्ने व्यक्तिको वरिपरि हुने ध्वनि तरङ्गको कवच कमजोर हुँदा विभिन्न रोगव्याधिले आक्रमण गरेको हुनुपर्छ ।

    अयं मे हस्तो भगवानयं मे भगवत्तरः।
    अयं मे विश्वभेषजयं मे शिवाभिमर्शनः॥ अर्थात्
    यो मेरो हात भगवान् जस्तै पवित्र छ । यो मेरो हात भगवान् भन्दा पनि बढी कल्याणकारी छ । यो मेरो हात सम्पूर्ण संसारका दुख-पीडा नाश गर्ने औषधि समान होस् । यस हातबाट हुने स्पर्श शिवजस्तै शुभ, कल्याणकारी र उपचारदायी होस् भन्ने श्लोकलाई पाठ गरी दुवै हात रगडेर तातो भएपछि पीडा भएको स्थानमा राख्दा पीडा घटेको अनुभव छ । सायद पीडा भनेको शरीरभित्र चलिरहेको विपरीत चालमा पीडा दिने खालका बाह्य तरङ्गहरूको प्रवेशले मस्तिष्कलाई पीडाबोधको परिभाषा गराएको हुनुपर्छ । तसर्थ उल्लिखित मन्त्र जप गर्दा उत्पन्न तरङ्गले सायद त्यस्ता पीडा दिने तरङ्गहरूको प्रवेशलाई नि:षेध गरिँदो हो । जसको परिणाम व्यक्तिले पीडा महसुस गर्ने भएन । यसरी कुनै पनि शब्द वा मन्त्रको मन-मन जप गर्दा शरीरमा पैदा हुने आन्तरिक झन्कारबाट उत्सर्जित तरङ्ग (भाइब) भनौँ वा उच्चारण गर्दा फैलिने ध्वनि तरङ्ग ! यसले शरीर भित्र/बाहिर कस्तो प्रकृति सिर्जना हुने भन्ने टुङ्गो गर्ने महसुस भयो । तसर्थ मानवीय शरीरका सम्पूर्ण अवयवहरूको सुसञ्चालनका लागि कस्ता प्रकृतिका ध्वनि तरङ्ग उत्पन्न हुनु, प्रवेश हुनु उपयुक्त हो ? कस्तो अवस्थामा त्यो तरङ्गको जालोबाट अनुकूल वा प्रतिकूल बाह्य तरङ्गहरू शरीरभित्र प्रवेश गरी आफ्नो प्रभाव देखाउने हुन् ? कस्तो तरङ्ग अनुकूल हो र त्यो उत्पादन गर्न कुन मन्त्रोच्चारण गरिनुपर्ने हो वा कुन जप गर्नुपर्ने हो ? त्यो बारेमा विज्ञान अघि बढ्ने नै छ । वर्तमानमै पनि ध्वनि तरङ्गबाट उपाचार गरेको पनि देखिन्छ । आशा गरौं कुनै बिरामी भएको बच्चालाई फुकेर सञ्च भएको, डाइनी-बोक्सी, अएँर-भएँर, भूत-पिशाच, मरी-मसानलाई तीनवर्णे दाबिला, तीनवर्णे धजा, तीनवर्णे अक्षता लगेर दोबाटोमा मन्साएर/चराएर ल्याइएको जल बिरामी बच्चाले दैलो ठेलामा बसेर छेपीमाग्दा सञ्च भएका, मन्त्र जपेर फुफा गर्दा निको भएका व्यहोराहरू पनि कुनै दिन प्रमाणित हुनेछन् ।

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    २०८२ मङ्सिर २५ गते बिहीबार
    आँधीखोला-२, चिलाउनेवास, झारखोला, स्याँर्कोट

    लेखकबाट थप:

    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
    • चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    आइतबार, मङि्सर २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.