×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखामा ३७ बर्षदेखि शिक्षण गर्दै आएका शिक्षकलाई हेलिकप्टर चढाएर गरियाे विदाई

  •  गोरखा समाचार
  • शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/12/Indra_Bhadur_Uparkoti_NEWS.wav

     

    गाेरखा । गाेरखाकाे दुर्गम भुगोल, कठिन जीवनशैली र सीमित अवसरबीच शिक्षाको ज्याेती फैलाउने धार्चे गाउँपालिकाकाे एक विद्यालयका निवृत भएका प्रधानध्यापकलाई हेलिकप्टर चढाएर स-सम्मान विदाई गरिएको छ ।

    धार्चे गाउँपालिका–२, रुन्चेतस्थित श्री गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर उपरकोटीलाई निवृत भएसंगै विद्यार्थीहरुले आर्थिक संकलन गरि हेलिकप्टर चढाएर विदाई गरेको गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले जानकारी दिइन ।

    गोरखा नगरपालिका–४, फिनाम घर भएका उपरकोटी अहिले चितवनमा बसोबास गर्दै आएका छन् । दुर्गम गाउँमा झण्डै ३८ वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित उनको बिदाइ केवल एउटा औपचारिक कार्यक्रम बनेन, बरु समग्र धार्चे समुदायको भावनाको महासागर जस्तै बन्यो—जहाँ सम्मान, कृतज्ञता, गर्व र भावुकता एकैसाथ उर्लिए ।

    “भुइँ मान्छेलाई आकाशमा उड्न सिकाउने गुरुको” उपमा पाउनु भएका प्रधानध्यापक उपरकोटीलाई आफैले मेहनत गरेर सफल बनाउनु भएका विद्यार्थीहरुले आकाशमा उडाएर विदाई गरे’’ उनले भनिन । स्वास्थ्य समस्याका कारण ५८ बर्षको शिक्षण पेशाबाट निवृत भएका हुन् ।

    बिहानैदेखि विद्यालय परिसर फूलमाला, ब्यानर, प्लेकार्ड र विद्यार्थीका मुस्कानले सजिएको थियो। गाउँका वृद्ध आमाबुवा, काखमा साना बालबालिका लिएर आएका अभिभावक, टाढा–टाढाबाट फर्किएका भूतपूर्व विद्यार्थीहरु मिलेर उनको विदाई गरेको उपाध्यक्ष गुरुङले बताइन । बिदाइ कार्यक्रममा उनकै हातबाट दीक्षित भएका विभिन्न क्षेत्रमा स्थापित सफल व्यक्तिहरूले दोसल्ला ओढाएर सम्मान गर्दाकाे दृश्य साँच्चिकै ऐतिहासिक त बन्यो नै उपस्थित सबैका आँखा समेत रसाएका थिए ।

    विदाई कार्यक्रम निवृत प्रधानध्यापक उपरकोटीले धार्चे मेरो कर्मभूमि मात्र होइन, मेरो परिवार भएको बताए । धार्चे गाउँपालिका–२, रुन्चेतले शिक्षकको बिदाइ मात्र गरेको छैन, एउटा जिउँदो इतिहासलाई शिरमा राखेर सम्मान गरेको छ ।

    त्यो इतिहास आउने पुस्ताले पनि गर्वका साथ पढिरहनेछ । उनलाई काठमाडौँसम्म हेलिकप्टर चार्टर गरेर लगिएकाे र काठमाडौँ चितवनमा जाहाज चढाएर विदाई गरिएको हो ।

    वि.स २०४५ साल फागुनदेखि उहाँले गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा अध्यापन सुरु गरेका थिए । याे बिदाईले अहिले नेपालभरी नै चर्चाकाे बिषय बनेकाे छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, मङि्सर २६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.