साँकेतिक तस्बिर
गोरखा । गोरखा नगरपालिकाले पहिलो पटक किसानलाई दुधमा अनुदान दिने भएको छ । पालिकाले किसानलाई अनुदान दिन यो बर्ष ७ लाख रुपैयाँ बिनियोजन गरेको पशुपंक्षी बिकास शाखाका प्रमुख, पशु बिकास अधिकृत डा.सुवास बेल्वासेले बताए ।
नगरपालिकाले हालै एक सूचना जारी गर्दै अनुदानकालागि आवेदन समेत माग गरेको उनले बताए । ‘दुध किसानलाई प्रोत्साहित गर्ने उद्वेश्य सहित पहिलो पटक अनुदान दिन लागेको’ भन्दै डा.बेल्सबासले भने ‘कृषकहरु यसमा आर्कषित भएको खण्डमा अर्को आर्थिक बर्ष बजेट बढाईने छ ।’
नगरपालिकालाई यो पहिलो अनुभव भएकाले किसानको आर्कषण देखिएमा वा कार्यक्रम प्रभावकारी भएमा आगामी बर्ष यसले निरञ्तरता पाउने समेत उनले जानकारी दिए ।
‘किसानले गाईबस्तुबाट उत्पादन गरेको आधारमा दुधको आधारमा अनुदान दिनुपर्ने हो’ उनले भने ‘बर्षभरी उत्पादन गरेको आधारमा दिन नसकेता पनि भएको रकमबाट प्रदेश सरकारले बनाएको कार्य बिधीमा टेकेर किसानलाई अनुदान दिने छौ ।’
नगरपालिकाले गण्डकी प्रदेश सरकारले बनाएको अनुदान कार्यविधी शिर्षकमा टेकेर अनुदान दिने तयारी गरेको पनि डा.बेल्वासले बताए । यसो हुदा किसानले प्रति लिटर अधिकतम ५ रुपैयाँ अनुदान पाउनेछन् ।
गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तरर्गत दूध उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम संचालन मापदण्ड २०७५ (पहिलो संशोनधन २०८१) को कार्यविधी टेकेर किसानलाई सहकारी मार्फत अनुदान दिने ब्यवस्था गरेको छ ।
उक्त मापदण्डमा दुध संकलन गर्ने सहकारीहरुको बर्गिकरण गरेर कम्तीमा पनि २ लाख लिटर दुध संकलन गर्न सक्ने सहकारी भनेको छ । सोही सहकारीमा किसानले दुध बिक्री गर्नुपर्ने र सहकारीको सिफारीस अनुसार किसानले अनुदानको रकम प्राप्त गर्ने पशुपंक्षी बिकास शाखाका प्रमुख, पशु बिकास अधिकृत डा.सुवास बेल्वासेले बताए ।
गोरखा नगरपालिका क्षेत्रमा त्यस्ता सहकारीहरु वडा नम्बर ९, १०, ११, १२, १३ र १४ नम्बर बडामा मात्र रहेका छन् ।
सूचना अनुसार मंसिर १५ गतेसम्म आएका आवेदनहरुको अबलोकन गरेर सहकारीलाई किसानहरुले पाउने गरी अनुदानको रकम प्रदान गरिने डा.बेल्बासले जानकारी दिए ।


