काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार गएका छन् । उनी आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गरेका हुन् ।
सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।



