×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ मिनेट अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

म पनि यो सरकारमा अदृष्य रुपमा सहभागी छु : डा.बावुराम भट्टराई

  •  गोरखा समाचार
  • शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जेनजी प्रदर्शन पछी पहिलो पटक गृह जिल्ला आएका डा.बावुराम भट्टराईले आफु पनि यो अन्तरिम सरकार रहेको बताए । प्रदर्शन पछी गोरखा सदरमुकाम आएका उनले यो अन्तरिम सरकारमा आफु अदृष्य रुपमा सहभागी भएको बताएका हुन् ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) जिल्ला समन्वय समिति गोरखाको आयोजनामा जिल्ला सदरमुकाममा आज आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डा.भट्टराईले ‘अहिले अन्तरिम सरकार यसो टिको लगाएर बनाएको हो । म पनि त्यसमा छु’ उनले भने ‘अदृष्य मैले धेरै बाहिर भन्नु हुदैन । अरुले धेरै कुरा गर्छन । मैले यो सरकारकोलागी धेरै गरेको छु ।’

    बडा दशैं, शुभ दिपावली, नेपाल सम्वत एवं छठ पर्व २०८२ को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले अहिले यो सरकार बाहेक अरुको विकल्प समेत नरहेको बताए ।

    ‘यती बेला वहाँहरुको अरु बिकल्प छैन । त्यसैले हामी सबैले वहाँलाई समर्थन गनुपर्छ’ उनले भने ।

    पार्टीका निवर्तमान अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले अहिलेको सरकारमा न्यायिक क्षेत्र र प्रशासनिक क्षेत्रबाट आएकाहरुको सहभागिता भएकोले उनीहरुले नियम कानून मिचेर कुनै काम नगर्ने समेत बताए ।

    डा.भट्टराईले ‘हामीले वहाँहरुलाई सरसल्लाह दिने हो । त्यसैले वहाँहरुकै नेतृत्वमा नै स्वस्थ्य र निष्पक्ष निर्वाचन गर्न तिर जानु पर्ने’ बताए ।

    निर्वाचनमा जानु पूर्व नै जेनजीहरुले बिगतमा उठाएको ३ वटा मागहरुलाई संबोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने उनको धारणा रहेको थियो ।

    डा.भट्टराइेले भाद्र २३ गते सरकारी स्तरबाट नरसंहार मच्चाएको भन्दै त्यसको छानविन तथा २४ गते भएका आगजनीमा घुसपैठ हुनेलाई सत्य तथ्य छानविन गरी आयोगको प्रतिवेदन अनुसार कारवाहीको दायरामा ल्याउनु पर्ने बताए ।

    त्यसका साथै डा.भट्टराईले ठूला भ्रष्ट्राचार काण्डहरुको छानविन गरिनु पर्ने र स्वतन्त्र र निष्पक्ष निर्वाचनको निम्ती विदेशमा भएका लाखौ नेपालीहरुलाई मतदानको ब्यवस्था मिलाउनु पर्ने समेत बताए ।

    उनले अहिलेको संविधान अनुसार जेनजीहरुलाई उम्मेदवार हुन संविधान बाधक भएकाले संशोधन गरे उम्मेदवारको उमेर हद १८ देखी २१ बर्ष राख्नुपर्ने समेत बताए । संविधानत संसदमा उम्मेदवार हुनकालागि उम्मेदवारको उमेर कम्तीमा पनि २५ बर्ष पुगेको हुनुपर्ने छ ।

    शुभकामना दिन लामो समय खर्चिइएका उनले यती गरेर निर्वाचनमा जानु उपयुत्त हुने र त्यसपछी देश अग्र गतीमा जाने ठोकुवा समेत गरे ।

    जिल्ला संयोजक नारायण खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एसका जिल्ला अध्यक्ष यादव बस्नेत, मानव अधिकार संञ्जाल गोरखाका अध्यक्ष यदु अधिकारी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग बाणिज्य संघका निर्वतनमा अध्यक्ष कृण्णकुमार श्रेष्ठ, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष रामस्वरुप श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले शुभकामना मन्तब्य राखेका थिए ।

    लेखकबाट थप:

    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    शुक्रबार, असोज ३१, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • २. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ३. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ४. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ६. सुन ताेलामा ४८ सयले घट्याे

    • ७. आज कुशे औँसी

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.