गोरखा । गोरखा बजारको फोहर संकलन साता दिनकोलागि बन्द गरिएको छ । फोहर संकलनको जिम्मा पाएको क्लिन गोरखाले सूचना जारी गर्दै फोहर संकलनको काम बन्द गरिएको जनाएको हो ।
बजार र वरपरको क्षेत्रको फोहर अब आउदो साताको आइतबार अर्थात असोज १९ गतेबाट मात्र नियमित रुपमा संकलन हुने भएको छ ।
क्लिन गोरखाले नेपालीहरुको महान चाड बिजयाँ दशमीको अवसरमा कर्मचारीहरु बिदा हुने भएकोले उक्त समयमा फोहर संकलनको काम स्थगन गरेको जनाएको छ ।
क्लिन गोरखाले जारी गरेको सूचनामा ‘मिति २०८२/०६/१३ गते सोमबारदेखी मिति २०८२/०६/१८ गते शनिबारसम्म स्थगन गर्ने ब्यहोरा नगरबासिहरुमा जानकारी गराउदछौ’ भनेको छ ।
सोही सूचनामा यस अवधिमा नगरबासिहरुमा पर्न जाने असुविधा प्रति ‘क्लिन गोरखा प्रा.लि’ क्षमाप्रार्थी छ भन्दै असोज १९ गते आइतबारबाट नियमित रुटमा फोहरमैला ब्यवस्थापन कार्य सुचारु हुने भनिएको छ ।




