×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे धार्चे गाउँपालिकामा संविधान दिवस विविध कार्यक्रम गरी मनाइने

  •  गोरखा समाचार
  • बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । धार्चे गाउँपालिकाले भाेलीकाे संविधान दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । गाउँपालिकाले नेपालको संविधान, २०७२ जारी भएको ऐतिहासिक अवसरलाई सम्मान गर्न संविधान दिवस २०८२ लाई विशेष र भव्य रुपमा मनाउने तयारी गरेको हाे ।

    गाउँ कार्यपालिकाको मिति २०८२ भदौ १९ गते बसेको बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म विविध कार्यक्रमसहित राष्ट्रिय पर्व मनाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

    गाउँपालिकाले सम्पूर्ण निकाय र स्थानीय बासिन्दालाई संविधान दिवस अवसरमा आयोजित कार्यक्रमहरुमा संक्रिय सहभागी हुन आह्वान समेत गरेको छ ।

    निर्णयअनुसार असोज २ गते बिहान गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयहरुमा राष्ट्रिय झण्डा मर्यादापूर्वक सजाउने र कार्यालय परिसर सफा गर्ने कार्यक्रम छ ।

    त्यस्तै असोज २, ३ र ४ गते बेलुकी गाउँपालिका अन्तर्गतका सबै कार्यालय र विद्यालयमा दिप प्रज्वलन गरिनेछ ।

    गाउँपालिकाले आम नागरिकलाई पनि आफ्नो घर, टोल तथा सार्वजनिक स्थलको सरसफाइ गरी असोज ३ गते साँझ घर–घरमा दिप प्रज्वलन गर्न आग्रह गरेको छ ।

    संविधान दिवसको मुख्य दिन असोज ३ गते बिहान ८ बजे जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि र स्थानीय बासिन्दाको सहभागितामा खोर्लाबेशी र माछिखोला बजार सरसफाइ अभियान सञ्चालन गरिने भएकाे छ। सोही दिन बिहान १० बजे प्रभातफेरीसहित औपचारिक कार्यक्रमका बीच शुभकामना आदानप्रदान गरिने भएकाे छ ।

    गाउँपालिकाका प्रशासकीय अधिकृत विनायक तिमिल्सिनाले सम्पूर्ण वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था तथा गाउँपालिकावासीलाई सक्रिय सहभागिताका साथ कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेका छन् । “सुन्दर, सुरक्षित, समृद्ध धार्चे” नारासहित आयोजना हुने यस वर्षको संविधान दिवसले समुदायमा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र संविधानको महत्वबारे सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, असोज ०२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.