काठमाडाैं। आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको पहाडी भागको केही स्थानमा र बाँकी तराईको थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भागको केही स्थानमा भने ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।महाशाखाका अनुसार आजराति कोशी, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी तथा तराईका भागमा पानी पर्न सक्ने सम्भावना छ ।
गएराति देशका कुनै पनि ठाउँमा ठूलो पानी परेन । आज र भोलि केही ठाउँमा पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।



