×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ७ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ८ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

खानेपानी तथा सरसफाई बोर्डले भन्यो, गोरखा बजारमा बितरण भएको पानी मूल्य तत्काल नबढाउनु

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा बजारमा बितरण हुदै आएको खोनेपानीको मूल्य तत्काल नबढाउन खानेपानी तथा सरसफाई बोर्ड गोरखाले निर्देशनात्मक आदेश गरेको छ ।

    बोर्डले पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई केही दिन अगाडी पत्र पठाएर मूल्य बृद्वि प्रकृया स्थगत गर्न भनेको हो ।

    बोर्डको भाद्र ५ गते बसेको बैठकले उपभोक्ता संस्थाले हालसालैदेखी लागु हुन गरी खानेपानीको महसुलमा बृद्वि गरेको बारेमा ब्यापक छलफल पछी तत्कालकोलागि मूल्य नबढाउन निर्देशन दिने निर्णय भएको बोर्डका कार्यकारी अधिकृत बिराज अर्यालले बताए ।

    ‘पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीमा मूल्य बृद्वि गराएको बारेमा छलफल भयो’ उनले भने ‘उपभोक्ताहरुको पनि गुनासो आएपछी महशुल बृद्वि प्रकृया स्थगत गर्न पत्राचार गरेका हौ ।’

    खानेपानी तथा सरसफाई बोर्डले लेखेकाे पत्र

    बोर्डका कार्यकारी अधिकृत अर्यालले हस्ताक्षर गरेर पठाएको पत्रमा ‘उपभोक्ता समितिले हालसालै खानेपानी महसुल बृद्वि गरेको भन्ने सूचना प्राप्त भएको तथा उपभोक्ताहरुको समेत ब्यापक जनगुनासो आएकोले खानेपानी तथा सरसफाई ब्यव्स्थापन बोर्ड, गोरखाको मिति २०८२–०५–०५ गतेको बैठकबाट खानेपानी महसुल बृद्वि स्थगन गर्ने निर्णय भए बमोजिम तत्काललाई महसुल बृद्वि स्थगन गर्न निर्देशन गर्दछु’ भनिएको छ ।

    यता पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका ब्यवस्थापक सुशिल अर्यालले खानेपानी तथा सरसफाई बोर्डले हिजो आइतबार पत्राचार गरी शुल्क नबढाउन भनेको बताए ।

    उनका अनुसार बोर्डको पत्र प्राप्त भएकोले केही दिनभित्रै उपभोक्ता संस्थाको बैठक राखेर बढेको मूल्यलाई स्थगन गर्ने तयारी भईरहेको छ ।

    ०७१ सालदेखी लागु गर्दै आएको मूल्यलाई परिमार्जन गरेर शुल्क बढाएको थियो । संस्थाले गएको असार १५ गते बैठक बसेर भाद्र १ गतेदेखी लागुहुने गरी बढाएको उक्त शुल्क अनुसार ६ युनिटसम्म न्यूनतम ३०० रुपैयाँ, ७ देखी १० सम्म ३५० बाट ४५० रुपैयाँ पुर्याएको छ ।

    पृथ्वीनारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीमा बढाउने भनेकाे मूल्य सूचि

    त्यस्तैगरी, ११ देखी २० सम्म साविकको प्रति यूनिट ७० रुपैयाँबाट बढाएर ८० रुपैयाँ, २० देखी ३० सम्म १२५ बाट बढाएर १५० र ३० युनिटभन्दा माथीकालाई प्रति यूनिट १७५ बाट बढाएर २०० रुपैयाँ पुर्याएको थियो ।

    नगर बिकास कोष संग ऋण तिर्न गारो भएपछी उपभोक्ता मार्फत उठाएर तिर्न लागेको संस्थाका एक सदस्यले बताए ।

    गोरखा नगरपालिका ६, ७ र ८ नम्बर वडामा बसोबास गर्ने १ हजार ४१० घरका उपभोक्तालाई संस्थाले खानेपानी दिदै आएको छ ।

    दैनिक करिब ८ लाख लिटर बितरण गरेको संस्थामा १२ देखी १४ लाख लिटरसम्म पानीको माग हुदै आएको छ ।

     

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ १०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.