युएई । गोरखा सेवा समाज युएईले हिन्दु नेपाली महिलाहरूको महान चाड तिजको अवसरमा तिज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अजमानस्थित एभरेष्ट मःम रेष्टुरेन्टमा आयाेजित कार्यक्रममा सांस्कृतिक विविधता झल्काउने कार्यक्रमहरु प्रस्तुत गरिएकाे थियाे ।
यस कार्यक्रममा महिलाहरूले उत्साहजनक सहभागिता जनाएकाे समाजका अध्यक्ष साजन श्रेष्ठले जानकारी दिए । प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र मौलिक संस्कृति जगेर्ना गर्ने उद्देश्य सहित कायक्रमकाे आयाेजना गरिएकाे उनले बताए ।
अध्यक्ष श्रेष्ठले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समाज निरन्तर अग्रसर रहने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुतिहरू समेत गरिएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरू निरूता गैरे, कल्पना सिक्देल, सुष्मा रोका, सानु काशी र गंगा गुरुङ ज्युहरूले आ–आफ्नाे कला प्रस्तुती गरेकी थिइन ।
सांस्कृतिक प्रस्तुतिहरू मध्ये नेवार समुदायको मौलिकता झल्कने लाँखे नाँचकाे समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूको टिकटको अर्धकट्टिलाई गोलाप्रथा मार्फत चिट्ठा तानेर पुरस्कार समेत वितरण गरिएकाे समाजले जानकारी दिएकाे छ । गोलाप्रथाबाट सिता श्रेष्ठ पुरस्कार जित्न सफल भएकी थिइन ।
कार्यक्रममा एभरेष्ट मःम रेष्टुरेन्टका सञ्चालक तथा समाजका सल्लाहकार बिष्णु अधिकारी र उनकी श्रीमती तिर्सना बोगटीलाई समाजकाे तर्फबाट माँयाको चिनो प्रदान गरिएको थियो ।
गोरखा सेवा समाज युएईले आयोजना गरेको यो तिज बिशेष सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य र नेपालीपनको पहिचानलाई अझ सुदृढ बनाउनुका साथै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रेरणा दिएको समाजका अध्यक्ष श्रेष्ठले बताए ।





