×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ७ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ८ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

दूधमा अनुदानका लागि १५ लाख विनियोजन

  •  गोरखा समाचार
  • सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई अनुदान दिन यस बर्ष १५ लाख विनियोजन गरेको छ । दूध उत्पादन कृषकलाई प्रोत्साहनका लागि कार्यालयले चालु आर्थिक बर्ष ०८२–०८३ को लागि १५ लाख बजेट विनियोजन गरेको हो ।

    कार्यालयले सहकारी मार्फत दूध बिकी गर्ने किसानहरुलाई प्रोत्साहन गर्न प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिने ब्यवस्था मिलाएको विज्ञ केन्द्रका प्रमुख एवं बरिष्ठ पशु चिकित्सक डा.अनन्त कोइरालो जानकारी दिए । उनले भने ‘दूध उत्पादनमा अनुदान कार्यक्रमले किसानलाई पशुपालनतर्फ आकर्षित गर्न सहयोग पुर्यानुका साथै जिल्लालाई दूधमा आत्मनिर्भर बनाउन समेत सहयोग पुग्छ ।’

    अनुदान पाउने किसानले कार्यालयमा सूचिकृत भएको दूग्ध उत्पादन सहकारीमा दूध संकलन गराउन पर्ने कार्यविधी रहेको उनले बताए । ‘थोरै दूध उत्पादन हुने किसानले संगठित रुपमा काम गरोस भनेर सहकारी मार्फत काम गराउने कार्यबिधी तयार पारेको हो’ उनले भने ‘यसले साना किसानहरुको घरमा रहेको दूध समेत बजारसम्म जाने बाटो सहज हुन्छ ।’

    गत बर्ष १० लाख रुपैयाँ विनियोजित गरेको कार्यायले यस पटक उक्त रकमलाई बढाएर १५ लाख पुर्याएको छ । गएको आर्थिक बर्ष ०८१–०८२ मा गोरखा नगरपालिका–१४ को बुढीकोटी दूग्ध उत्पादन सहकारी संस्थाले मात्र आवेदन दिएको पनि उनले जानकारी दिए ।

    तर यसपटक भने सिरानचोक र पालुङटार नगरपालिकाले पनि किसानहरुलाई संगठित पारेर सहकारी संस्था स्थापना गर्ने काम भईरहेकाले अनेत्रका किसानहरुले पनि अनुदानको रकम पाउने देखिएको डा.कोइरालाले बताए ।

    पशुपन्छी तथा मत्स्य ब्यवसाय प्रवद्र्वन कार्यक्रम अन्तरर्गत उत्पादनमा आधारित प्रोत्साहन सहयोग नाम दिएको उक्त अनुदान यो बर्ष ३ लाख लिटर दुधलाई अनुदान दिन लागेको हो ।

    किसानले पाउने रकम सहकारी मार्फत प्रदान गरिने पनि डा.कोइरालाले बताए । ‘हामीले किसानले पाउने रकम सहकारीमा जम्मा गरिदिन्छौ’ उनले भने ‘सहरकारीले किसानले दूध संकलन गरेको आधारमा रकम बितरण गर्छ ।’

    कार्य विधी अनुसार किसानले सहकारीमा दूध संलकन गरेको प्रमाण कार्यालयलाई उपलब्ध गराउनु पर्ने र सोही अनुसार मात्र सहकारीलाई रकम प्रदान गरिने छ ।

    सोही कार्य बिधी अनुसार सहकारीले दैनिक २०० लिटर दूधको कारोबार गरेको हुनुपर्ने छ । त्यस्ता सहकारीले मात्र आवेदन माग गरेको अवस्थामा आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.