काठमाडाैं । आज कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँकी पहाडी क्षेत्रका केही र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
आजै लुम्बिनी र सुदूरपश्चिमको तराई भू–भागमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज राति लुम्बिनी र सुदूरपश्चिमको केही स्थानमा ठूलो पानी पर्न सक्नेछ । बागमती, गण्डकी र सुदूरपश्चिमको केही ठाउँ र बाँकी पहाडी, तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



