काठमाडौं । काँग्रेस एमालेकाे संयुत्त सरकारमा रहेका ३ जना मन्त्रीहरु फेर्ने तयारी भएकाे छ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई फर्ने तयारी गरेकाे हाे ।
हालकाे मन्त्रिपरिषदमा जसपाबाट खानेपानी मन्त्रीमा प्रदीप यादव र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीमा नवलकिशोर साह हुडी छन् भने लोसपाबाट श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शरतसिंह भण्डारी छन् ।
लोसपाले आफ्नो पार्टीका मन्त्री परिवर्तनका लागि गत साउन ५ गते नै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएको थियाे ।
जसपाले भने यसअघि बसेको बैठकबाट निर्णय गरी पुराना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।
जसपा उपाध्यक्ष परशुराम बस्नेतले मन्त्रीहरू प्रदीप यादव र नवलकिशोर साह हुडीलाई फिर्ता बोलाएर डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय गरेकाे थियाे । नयाँ मन्त्रीमण्डलमा डा. महतो खानेपानी र ठाकुर महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्नेछन् ।
लोसपाबाट भने नयाँ मन्त्रीमा शुक्लाको नाम पठाइएको छ । शुक्लाले भण्डारीले नै सम्हालेको मन्त्रालय सम्हाल्ने बताइएको छ ।



