काठमाडाैं । आज बागमती र कर्णालीको पहाडी भेगकाे केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो देशभरको मौसम साधारणतया बदली नै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।
आज बागमती र कर्णालीसहित गण्डकी र सुदूरपश्चिमका पहाडी भागमा तथा अन्य प्रदेशको तराइका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती र कर्णालीका केही स्थानमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएकाे छ । कतै कतै हावाहुरीको पनि सम्भावना छ । गएराति रुकुम र जाजरकोटमा सबैभन्दा धेरै ५४.६ मिलिमिटर वर्षा मापन भएको छ ।



