आँबुखैरेनी । तनहुँ तर्फको मर्स्याङ्दी नदी किनारमा आज बिहान १ जना अपरिचित पुरुषकाे शव फेला परेको छ ।
नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले पुष्टी गरेकाे हाे ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको बताए ।



