×
बुधबार, भदौ ३१, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
  • ७ घण्टा अघि

आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
  • ९ घण्टा अघि

पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १ दिन अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

भियातनामका उपराष्ट्रपति थिआन भाेली नेपाल आउँदै

  •  गोरखा समाचार
  • शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । भियतनामीका उपराष्ट्रपति भो थिआन सुआन ३ दिने भ्रमणमा भाेली नेपाल आउने भएकी छिन् । उपरराष्ट्रपति रामसहाय यादवको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनी भदौ ७ गते बैंकक हुँदै १२:३० बजे नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    उनको भ्रमणको तयारीमा परराष्ट्र मन्त्रालय र भारतमा रहेको भियतनामी दूतावास जुटेका छन् । उनको कार्यक्रम तथा भेटघाटको एजेन्डाको बारेमा छलफल गरिरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    नेपालमा उनले शनिवार र आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको भेटघाट परराष्ट्रमन्त्री डा.आरजु राणासँग पनि हुने बताइएको छ ।

    भदौ ९ गते नेपाल–भारतको सम्बन्ध स्थापना भएको ५०औ वर्षको उपलक्ष्यमा हुने कार्यक्रममा सहभागी हुनको साथै वसन्तपुर दरबार स्क्वायरको अवलोकन गरेर स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

    राजनीतिमा आउनुअघि माविको शिक्षिका रहिसककी भिआन सन् १९९५ देखि भियातनामको कम्युनिस्ट पार्टीमा आबद्ध भएकी थिइन् । सन् २०२१ मा उपराष्ट्रपतिमा निर्वाचित भएकी उनी २०२१ र २०२३ गरी २ पटक कार्यवाहक राष्ट्रपति पनि भइसकेकी छिन् ।

    सन् २०१९ मा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भियातनामको भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा कूटनीतिक तथा राजनैतिक पासपोर्टधारीलाई भिसा छुट दिने सम्झौता हुनुको साथै परराष्ट्र मन्त्रालयबिच परामर्श संयन्त्र स्थापना गर्ने, व्यापार–लगानी सहयोगसम्बन्धी रूपरेखा सम्झौता गर्न वार्ता गर्ने आशयपत्रमा हस्ताक्षर भएको थियो ।

    आर्थिक तथा व्यापारिक सहयोग अझै क्षमताभन्दा कम रहेको मूल्यांकन गर्दै त्यसलाई बढाउन सहमत दुवै पक्ष सहमत भएको थियो ।

    सन् २०१८ अप्रिलमा भियतनाम च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्री र नेपाल च्याम्बर अफ कमर्स बिच भएको सम्झौताको नवीकरणलाई स्वागत गर्दै सम्बन्धित निकायलाई व्यापार–आर्थिक सहयोग संयन्त्र स्थापना गर्ने सम्भावना खोज्ने सहमति भएको थियो ।

    कृषिजन्य उत्पादनमा आपसी बजार पहुँचको प्रस्ताव अध्ययन गर्ने, कृषि विज्ञान तथा प्राविधिक अनुसन्धानमा सहकार्य गर्ने, कृषिविदहरूको आदानप्रदान प्रवर्द्धन गर्ने सहमति भएको थियो ।

    नेपालले शीघ्र एलडीसीबाट स्नातक हुने लक्ष्यलाई भियतनामले समर्थन गरेको थियो । नेपाली उत्पादन भियतनामी बजारमा आयात गर्ने र भियतनामी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने दुवै देशका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका थिए ।

    अपराधीसम्बन्धी सूचना साट्ने तथा आपराधिक न्यायसम्बन्धी सम्झौतामा वार्ता गर्ने सहमति हुनुको साथै तत्काल प्राथमिकताका रूपमा नेपाल गृह मन्त्रालय र भियतनामको सार्वजनिक सुरक्षा मन्त्रालयबिच अपराध नियन्त्रण सम्झौता गर्ने निर्णय भएको थियो ।

    सन् २०१५ अक्टोबर २० मा भएको हवाई सम्झौतालाई स्मरण गर्दै दुवै पक्षले प्रत्यक्ष हवाई सेवा स्थापना गर्ने आवश्यकता औँल्याए र यसका लागि छिट्टै सम्झौता गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका थिए । २०१८ नोभेम्बरमा स्थापना भएको नेपाल–भियतनाम अध्ययन केन्द्रको प्रभावकारी कार्यको सराहना गर्दै, हनोईमा भियतनाम–नेपाल मैत्री संघ स्थापना गर्ने सहमति पनि भएको थियो ।

    लेखकबाट थप:

    • महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    • आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    • पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    • नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, भदौ ०६, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे
    आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम
    पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. महिनाकाे अन्तिम दिनमा सुन चाँदिकाे मूल्य बढ्याे

    • २. आज गाेरखा सहित २२ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ३. पहिरो र बाढीका कारण देशभरका कुन कुन सडक अवरुद्ध छन् ?

    • ४. नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • ७. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    धेरै पढिएको
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ३. सुन र चाँदीकाे भाउ बढ्याे

    • ४. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.