गाेरखा । गएराति गाेरखा सहित कास्की, रुपन्देही, पाल्पा, दाङ, रुकुम पूर्व, नवलपरासी, कपिलवस्तु, बाँके, रोल्पा लगायत जिल्लाका केही ठाउँमा ठूलो पानी परेको थियाे ।
अरू ठाउँको तुलनामा कास्की, रुपन्देही र रुकुम पूर्वमा निकै ठूलो पानी परेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
काठमाडाैं उपत्यकासहित अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । लगातार पानी परिरहेका ठाउँमा भेलबाढीको जोखिम भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार आज कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाे जनाएकाे छ ।


