मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
आज बिहान इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडक माथीबाट खसेकाे पहिरोका कारण सवारी साधन सञ्चानमा हुन नसकेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २ वटा ठूला मेशिन प्रयाेग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो ठूलाे भएका कारण पन्छाउन केही समय लाग्ने भएकाे छ ।
सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् ।
तस्बिर : सडक डिभिजन भरतपुर चितवन


